2 years ago
November 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२३-२४ सोमबारदेखि सुरु हॅुदैछ ।

गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ४० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ४५ हजार रुपैयॅा पाउनेछन् । उपविजेताले ९४ हजार र तेस्रो हुनेले ७० हजार प्राप्त गर्नेछन् । कट पार गर्ने प्रोले नगद पुरस्कार पाउनेछन् ।
नेपाल नम्बर १ शुक्रबहादुर राई र शीर्ष एमेच्योर सुभाष तामाङ दुवै यस प्रतियोगिता खेल्ने छैनन् । भुवन नगरकोटी, निरज तामाङ, धनबहादुर थापा, संजय लामासॅगै एमेच्योर सद्भाव आचार्य उपाधि दावेदारको रुपमा रहेका छन् ।
टुर अन्तर्गत यस सिजन ८ प्रतियोगिता हुनेछ । कुल पुरस्कार रकम ६४ लाख ३६ हजार रहेको छ । टुरमा ३ ह्यान्डिक्याप भन्दा कम रहेका एमेच्योरले खेल्न पाउनेछन् ।
प्रोफेसनल गल्फर संघ नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले १७ औं वर्षसम्म सहकार्य गर्न पाएकोमा सूर्य नेपाललाई धन्यवाद दिए । उनले यस टुरले विगतजस्तै नयॅा गल्फर उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]