2 years ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २२ ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको छ ।

रहिमउल्लाह जुरमाती २८ र जम्शिद जद्रान ३५ रनमा क्रिजमा खेलेका छन् । एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो ।
तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ६३ रनको साझेदारीले अफगानिस्तान खेलमा फर्किएकोछ । नेपाल चौथो विकेटको साझेदारी तोड्न निरन्तर प्रयास गरेको छ ।
नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।
हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]