default_image

2 years ago

January 8, 2024

सुर्खेतको ‘कोर्टदेखि होटेलसम्म’ मानबहादुरको क्रेज

7256 views

0 Bookmark

प्रकाश तिमल्सिना, सुर्खेत

खेलाडीलाई खेलमा लागिरहन उर्जा दिने महत्त्वपूर्ण पक्ष समर्थक पनि हुन् । घरेलु खेलकुदमा क्रिकेटर र फुटबलरको फ्यान फलोइङ राम्रै देखिन्छ । त्यो सँगै भलिबल खेलाडीलाई पछ्याउने अर्को ठूलो जमात पनि छ ।

मानबहादुरसँग खेल सकिएपछि सेल्फी खिच्दै दर्शकहरु । तस्वीर : अमित रावल

पछिल्ला केहि प्रतियोगितामा राष्ट्रिय भलिबल टोलीका कप्तान एवं त्रिभुवन आर्मी क्लब सदस्य मानबहादुर श्रेष्ठको प्रति समर्थकको लगाव बढ्दो छ । खेल सकिने बित्तिकै उनी एकै पटक सयौं दर्शकबाट घेरिन्छन् । सेल्फी खिच्ने र फोटो खिच्नेको लर्को नै लाग्छ । यहाँ सम्मकी आर्मी टोली बसेको होटलमा पुगेर पनि दर्शक उनलाई भेट्न र उनीसँग फोटो खिच्न पुग्छन् ।

उच्च लयमा रहेका मानबहादुर गत साता बाग्लुङको गल्कोटमा सम्पन्न बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनको उच्च प्रदर्शनकै कारण हारको नजिक पुगेको खेल उल्टाउँदै आर्मी च्याम्पियन बनेको थियो । त्यसपछि उनलाई समर्थकले बोकेर उचाल्दै खुसीलायी साटेका थिए । उनको खेल मन पराउने एक समर्थकले त मानबहादुरलाई सुनको सिक्री नै उपहार दिएका थिए ।

यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामन्चमा ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता चलिरहेको छ । सोमबार चौथो दिन सम्म आइपुग्दा आर्मी लगातार ३ खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ । आर्मीको पूरै टोली नै घरेलु भलिबलमा स्तरीय खेल्नेमा परिचित छ । त्यसमा मानबहादुरका कारण टोली जस्तै संकटबाट पनि निस्कन सफल हुँदै आएको छ ।

अंक जोडेपछि खुसी साट्दै मानबहादुर । तस्वीर : अमित रावल

सामान्यतया देशका विभिन्न ठाँउमा हुने प्रतियोगितामा विभागिय टोली भन्दा प्रदेशका टोलीले भलिबलप्रमीको साथ रहने गर्छ । तर, मानबहादुरको भने अलग्गै छाप समर्थकमा पाउन सकिन्छ । मानबहादुरसँगै सुर्खेतमा गण्डकी प्रदेशका मिडल ब्लकर हिमाल सुनारीप्रति पनि युवा समर्थकको भिड लाग्ने गर्छ । छरितो खेलसँगै सामाजिक संजालमा निकै सक्रिय भएकाले पनि उनको नाममा पनि हुटिङ हुने गर्छ ।

सोमबार गण्डकी प्रदेशविरुद्ध ३–० को सोझो सेट हराएपछि मानबहादुरलाई समर्थकका बीचबाट निस्कन हम्मे हम्मे परेको थियो । गण्डकीविरुद्ध पनि उच्च प्रदर्शन गरेका उनका साथमा दुई तीन सुरक्षाकर्मी थिए । तर, समर्थकलाई उनीबाट अलग राख्न भने सम्भव भएन ।

सयौंको संख्यामा उनलाई भेट्न चाहने समर्थकलाई रोक्न सहज थिएन । खेल सकिने बित्तिकै कुल डाउन पनि गर्न नपाउँदै मानबहादुर समर्थकको लोभलाग्दो घेराभित्र परिहाले । हसिलो अनुहार पार्दै मानबहादुरले कतिलाई सेल्फी खिच्ने मौका दिए भने कतिपयको मोबाइलबाट आफैंले लिएर सेल्फी खिचिदिए ।

जहाँ जाँदा पनि समर्थकको माया पाउने गरेको अनुभव बटुलेका मानबहादुरले सुर्खेतमा भने अहिलेसम्म नदेखेको क्रेज पाएको हाम्रो खेलकुदसँग बताए । ‘फ्यान त प्राय सबै ठाँउमा भेट्छु । तर यहाँ त अचम्मै लाग्यो । खेल हुने खुलामन्च देखि हामी बसेको होटलसम्म १० मिनेट पैदल आउँदा पनि फ्यानहरु बाटोभरि फोटो खिच्दै आउनुहुन्छ,’ उनले हाँस्दै भने,’ कति फ्यानहरु होटलमा आएर कुरेर भेट्न, बोल्न, फोटो खिच्न आएको भन्नुहुन्छ । यो देख्दा खुसी लाग्छ । अझै राम्रो गर्ने उर्जा पनि मिल्छ ।’

सर्भीस गर्ने क्रममा मानबहादुर । तस्वीर : अमित रावल

उनले अर्को प्रसंग निकाल्दै भने, ‘त्यहि देखेर होला हाम्रो एक जना अफिसरले आज मोटरसाइकलमा होटल जाने व्यवस्था मिलादिनुभयो । फ्यानलाई निराश पार्न पनि मन लाग्दैन । सर्भिस गर्ने बेलामा पनि हास्नु भनेर आग्रह गर्नुहुन्छ । गेम सकिने बितिक्कै भिडमा फोटो खिचेर लामो समय बस्न पनि गाह्रो । तर पनि सकेसम्म सबैको मन राख्ने कोशिस गर्छु ।’

सोमबार त पहिलो सेट मात्र सक्किंदा एक समर्थक उनको अटोग्राफ लिन कोर्टमा पुगे । समर्थकलाई उनले निराश भने पारेनन् । सुरक्षाको दृष्टिकोणले केहि अप्ठेरो भएपनि फ्यानलाई सकेसम्म निराश नपारौं भन्ने उनको सोचाई हुन्छ ।

‘सुरक्षाको हिसाबले गाह्रो हो । भिडभाडका कारण अलिकता जोखिम नि हुन्छ । सुरक्षाकर्मीले नजिक आइदिनुहुन्छ । सुरक्षा पनि दिनुभएको छ । सयौंको भिड एकैपटक आउँदा के होला भन्ने नि लाग्छ,’ उनले भने, ‘भलिबल र मानबहादुर प्रति माया गर्दिनुभएको छ । माया साट्न पाउँदा खुसी पनि लाग्छ ।’

पछिल्लो समय भलिबलका सबै खाले प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने भएकाले पनि दर्शक माझ भलिबल लोकप्रिय भएको मान्ने मानबहादुर थप्छन्, ‘यूट्युब, फेसबुक र टिभीमा खेल हेर्ने दर्शकले आफ्नै सहरमा आएका बेला प्रत्यक्ष भेट्ने रहर पनि हुने रहेछ । एउटा खेलाडीलाई त्यो सुखद पक्ष हो ।’

सर्भीस गर्न क्रममा दर्शकहरुको प्रतिक्रियामा मुस्कान दिँदै मानबहादुर । तस्वीर : अमित रावल

मानबहादुरको प्रदर्शन प्रेरित आर्मीले सुर्खेतमा जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको छ । यससँगै अब प्रतियोगिताको बाँकी ३ दिन नै आर्मीले खेल खेल्नेछ । मंगलबार मधेश प्रदेशसँग खेलेपछि बुधबार सेमिफाइनलमा खेल्नेछ । यसै पनि हजारौं समर्थकको नियमित उपस्थिति रहँदै आएको विरेन्द्रनगरस्थित खुलामन्चमा विहीबार अन्तिम दिनसम्म पनि मानबहादुरको क्रेज झल्कने पक्का छ ।

राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका कारण पनि मानबहादुर आफ्नो फ्यान फलोइङ बढ्नुको अर्को कारण मान्छन् । ‘कप्तानीका कारण थप जिम्मेवारी महसुस पनि भएको छ । सक्दो राम्रो खेल्ने कोशिस गर्छु,’ उनले थपे, ‘टोलीको साथ पनि त्यत्तिकै रहन्छ । अर्को समर्थकलाई निराश पार्न सक्दिन । सहज स्वभावका कारण पनि सायद धेरैले रुचाउनुहुन्छ । यो सब भलिबल खेलको लोकप्रियताका कारण सम्भव भएको हो ।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.