2 years ago
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- गण्डकी प्रदेश सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई ३-० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेको छ ।
लिग चरणमा तेस्रो जित दर्ता गर्ने क्रममा गण्डकीले कर्णालीलाई २५-२१,२५-२१ र २५-२१ ले हराएको थियो। गण्डकीले कर्णालीविरुद्धको खेलमा मुख्य खेलाडीहरुलाई आराम दिएको थियो।
गण्डकीले ४ मध्ये ३ खेल जित्दै ९ अंक जोड्यो भने अपराजित रहेको समूहको “बी’ को विजेता त्रिभुवन आर्मी क्लबले १२ अंक बटुल्यो । कर्णालीसँगै समूह ‘बी’ बाट सुदूरपश्चिम र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको सामना गर्नेछ। दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लबले र आर्मीबीच हुनेछ ।
आजै कोशीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को उप विजेता बनेको छ ।
लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई २५-१५,२५-१९ र २५-११ ले हराएको थियो। कोशी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पुलिसले साविक विजेता एपिएफसँगको खेल गुमाएको थियो।
समूहमा पुलिसले ३ खेल जित्दै ९ अंक जोड्दा विजेता एपिएफले सबै खेलमा सफलता हासिल गर्दै १२ अंक बटुल्यो । आजै एपिएफ र आर्मी आ आफ्नो समूहको विजेता बनेका थिए ।
त्यसअघि समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आ आफ्नो समूहका विजेता हुन् ।
प्रतियोगिताका अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए। दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ ले हराएको थियो।
दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गरेको थियो। एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई आराम दिएको थियो।
लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो ।
एपिएफ, पुलिस, कोशी र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक सेट पनि जित्न सकेन ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]