default_image

2 years ago

January 15, 2024

एपिएफले पुलिसलाई सोझो सेटमा हरायो

2892 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५-१९ को अन्तरले जितेको थियो ।

दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४-२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३-३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५-१७ ले जित्दै प्रतियोगितामा पूरा ३ जोड्दै सुरुवात गर्यो ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् । आज हुने अन्तिम खेलमा समूह ए मा आर्मी र गण्डकी खेल्नेछन् ।

त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो ।

सुरुवाती दुई सेटमा जितेर बलियो स्थितिमा पुगेको एपिएफले त्यसपछि लगातार दुई सेट गुमाउँदा खेल पाँचौ सेटमा पुगेको थियो । तर पाँचौ सेटमा १५-१३ को अन्तरमा जित हासिल गर्दै एपिएफले २ अंक जोड्दा पराजित पुलिसले १ अंक प्राप्त गर्यो ।

पहिलो सेट एपिएफले २५-१८ ले जितेको थियो । एपिएफले २५-१८ कै अन्तरमा दोस्रो सेट पनि आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा भने पुलिसले सुरुवातदेखि अग्रता लिँदै २५-१९ को जितका साथ खेलमा फर्कियो । चौथो सेटमा पनि पुलिसले तेस्रो सेटको लयलाई कायम राख्दै २५-१८ को जित हासिल गर्यो ।

दोस्रो खेलमा न्यु डायमन्डले ३-१ को जित दर्ता गर्दै समूहमा ३ अंक जोडेको छ । रिमा कुँवरसँगै कप्तान प्रतिभा माली र युवा स्पाइकर सलिना बुढा मगरले उच्च प्रदर्शन गर्दा डायमन्डको जित सम्भव भएको थियो ।

डायमन्डले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि आर्मीलाई दबाबमा राख्दै डायमन्ड २५-१७ ले विजयी भयो ।

तेस्रो सेटमा आर्मीले सुरुवातदेखि अग्रता बनाउँदै पुनरागमनको प्रयास गर्यो । एक समय ६ अंकले अघि रहेको आर्मीलाई डायमन्डले अन्त्यतिर चुनौती दियो । तर आर्मी २५-२३ ले तेस्रो सेट जित्दै खेलमा फर्कन सफल भयो ।

चौथो सेटमा न्यु डायमन्डले अन्त्यतिर एकपक्षीय प्रदर्शन गर्दै जित पक्का गर्यो । एक समय ९-९ को स्थितिमा रहेको खेल डायमन्डले २५-१५ को जित निकाल्दै विजयी सुरुवात पक्का गर्यो ।

महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।

समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४-४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २-२ खेल हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.