2 years ago
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुरोज महर्जनले दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय र््यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
टोखा युवा क्लबको आयोजना दुई दिने प्रतियोगिताको अन्तिम चरणको खेलमा सुरोजले काठमाडौंका धिरेन राईलाई हराएका थिए । सुरोजले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लव चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लबबाट खेलेका थिए ।
र्यापिड बुद्धिचालमा उत्कृष्ट लयमा रहेका सुरोजले ८ खेलमा जित निकालेका थिए भने छैटौं चरणको खेलमा शुुुसुरत दाहालसँग हार बेहोरेका थिए । सुरोजले १५ हजार रुपैयाँ प्राप्त गरे ।
दोसो भएका काठमाडौका सुदिप तामाङ १० र तेस्रो भएका धिरेन राईले ७ हजार रुपैयाँ प्राप्त गरे । साढे ७ अंक जोडेका सुदिपले नवौ चरणको खेलमा विनय राईलाई हराएका थिए। साढे ७ अंक नै भए पनि धिरेन सुदिपसंग प्रोग्रेसिभ अंकमा पछाडि परे।
टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगितामा झापाका शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौ स्थानमा रहे । शुसुरतले ५ हजार र सुमनले ४ हजार रुपैयाँ पाए ।

दशौं स्थान सम्म प्राप्त गरेको प्रतियोगितामा झापाका सुमन मोक्तान छैटौं,काठमाडौका पुरुषोत्तम सिलवाल सातौं, धनुषाका सुशील चौधरी आठौं , काठमाडौका सुभाष गुरुङ नवौं र प्रेमकृष्ण महर्जन दसौं भए ।
त्यसैगरी अनरेटेडमा फुर्वा लामा विजयी भए । भेट्रानमा भक्तपुरका गणेशमान दुवाल पहिलो भए । महिलातर्फ काठमाडौका पुर्णिमा गुरुङ पहिलो भइन् । स्थानीय टोखामा जितेन्द्र डंगोल विजयी भए ।
त्यसैगरी यु १४ मा छात्रातर्फ रिया श्रेष्ठ र छात्रमा अभिन पाण्डेले पहिलो स्थान प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पुरस्कृत गरे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]