default_image

9 years ago

January 27, 2017

नेपालले सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सको सामना गर्दै [प्रशिक्षणको फोटो फिचर]

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माल्दिभ्ससँग खेल्दै शुक्रबार नेपाली टोलीले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटको यात्रा प्रारम्भ गर्नेछ । बिहीबार माल्दिभ्स पुगेकै दिन नेपाली टोलीले अभ्यास गरेको थियो ।

लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको तथा रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइकमा छन् । कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भूमिका निर्वाह गर्नेछन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् । सुदेशकुमार रिमाल मुख्य प्रशिक्षक रहेको टोलीमा सलिना श्रेष्ठ सहायक प्रशिक्षक र जुनु पुन मगर व्यवस्थापकका रुपमा छिन् ।

तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको सामना गर्नेछ । माल्दिभ्स र इरानबीच आइतबार खेल हुनेछ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने प्रतियोगितामा नेपाली महिला टोलीले भाग लिन लागेको यो पहिलो पटक हो । नेपालको पुरुष टोलीले भने दुई पटक एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ ।

प्रशिक्षणका तस्बिरहरु-
woman-volleyball-1

woman-volleyball-2
woman-volleyball-3
woman-volleyball5

woman-volleyball6

woman-volleyball7

woman-volleyball8

woman-volleyball9

woman-volleyball10

woman-volleyball11

woman-volleyball12

woman-volleyball13

woman-volleyball14

woman-volleyball15

woman-volleyball16

 

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.