2 years ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना र चन्द्रागिरी नगरपालिका न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीले १६ औं ढोरपाटन महिला भलिबल लिगमा उत्कृष्ट खेलाडी र उदियमान खेलाडी बन्दै स्कुटर जितेका छन् ।
प्रतियोगितामा उच्च प्रदर्शन गरेका दुवैले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् । निरुता सम्मिलित एपिएफ डबल लिगमा अपराजित रहेर च्याम्पियन बनेको थियो । त्यस्तै न्यु डायमन्ड लिगको १२ मध्य ९ खेल जित्दै दोस्रो भएको हो ।
विधागततर्फ न्यु डायमन्डकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर तथा प्रगति नाथ उत्कृष्ट सेटर घोषित भए । पुलिसकी शान्तिकाला तामाङ उत्कृष्ट लिबेरो तथा आर्मीकी कप्तान सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् ।
च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्दा आर्मीकी सुनिता राई उत्कृष्ट सर्भर बनिन् । एपिएफकी सृष्टि खड्गीले पनि उदियमान खेलाडी बन्दै १० हजार रुपैयाँ पाइन् ।
प्रतियोगिताको विजेता एपिएफले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमन्डले २ लाख ५० हजार पायो । तेस्रो भएको पुलिसले १ लाख २५ हजार तथा चौथो स्थानको आर्मीले ७५ हजारमा चित्त बुझायो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]