9 years ago
January 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले बिजयी शुरुवात गरेको छ ।

एपीएफको हलचोक स्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–२०,२५–९ र २५–१२ को सहज जित निकाल्यो ।
एपीएफकी नियमित कप्तान बिनिता बुढाथोकी लगायत नेबिका चौधरी,सरस्वती चौधरी,रेश्मा भण्डारी र उषा बिष्ट वुमन वल्ड छनोट प्रतियोगिता खेल्न माल्दिप्स गएका छन् । उद्घाटन खेलमा एपीएफकी हिरा केसी वुमन अफ द म्याच भईन् । उनलाई नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्काले वुमन अफ द म्याचको उपाधिले पुरस्कृत गरेका थिए । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा एपीएफ,न्युडायमण्ड र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा रहेका छन् ।
त्यस्तै पुलिस,पश्चिमाञ्चल र आर्मी समूह बि मा रहेका छन् । माघ २० गते सम्म संचालन हुने प्रतियोगितको बिजेताले २ लाख ५० हजार,उपबिजेताले १ लाख २५ हजार र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका बिघागत उत्कृष्टले जनहि नगद ५ हजार प्राप्त गर्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]