2 years ago
March 5, 2024
सुमन अधिकारी, बुटवल
पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को उपाधिका लागि फाइनलमा नेपाल एपिएफ र बागमति प्रदेश भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई तथा दोस्रो सेमिफाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनलमा एपिएले कोशी प्रदेशलाई २५–६, २५–७, २५–३ ले सहजै पराजित गरेको थियो । खेलमा एपिएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । यसैगरि दोस्रो सेमीफाइनलमा बागमतीले लुम्बिनीलाई २५–१५, २५–८, २५–१८ ले पराजित गरेको हो । खेलमा बागमतीकि सुमित्रा रेग्मी प्लेयर अफ द म्याच भइन् ।
पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक तथा नेपाल भलिबल महासंघको संयोजनमा शुक्रवारबाट प्रतियोगिता– २०८० सुरु भएको हो ।
प्रतियोगिताको फाइनलमा विजेताले २ लाख ५० हजार दोस्रोले १ लाख ५० हजार , तेस्रो ७५ हजार र चौथो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]