2 years ago
March 6, 2024
हिमाल खरेल, बिर्तामोड
साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौं झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ को जित निकाल्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।
खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।
जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलोपटक सहभागी भएको मछिन्द्र क्वार्टर फाइनलबाटै घर फर्किएको छ । पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट बञ्चित भएको छ । मछिन्द्रले लगातार केपी ओली कप र बागमती गोल्ड कपको उपाधि हात पारेको थियो ।
खेलको सातौँ मिनेटमा नवयुगले गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो । तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय व्यहोर्नु प¥यो ।
खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । पाँचौँ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता दिन मछिन्द्र असफल भयो ।
२२ औँ मिनेटमा अभिषेक गुरुङको विमलले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाएपछि खेललाई २–० को अग्रता दिलाउने अवसरबाट उनी बञ्चित भए । ८० औँ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुष घलानले गरेको प्रहार पोस्टबाट बाहिरियो ।
खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे । आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्वपूर्ण गोल्ड कपको सूचीमा झापा गोल्ड कप भएकाले यो गोल्डकप गुमाउने चाहना आर्मीले नराखेकोले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए ।
पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले नयाँ र पुरानो खेलाडीबीचमा तालमेल मिल्दा जित सम्भव भएको बताए । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।
१० टोली सहभागी गोल्ड कपको विजेताले १३ लाख रुपैयाँ र दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा बिहीबार झापा ११ एफसीले र एन्फा मकवानपुरसँग अन्तिमक्वार्टर फाइनल खेल खेल्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]