default_image

2 years ago

March 10, 2024

बंगलादेश साफ यु १६ च्याम्पियन

1763 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
भारतलाई आइतबार पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश‌ च्याम्पियन बनेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो ।

पेनाल्टीमा बंगलादेशकी मारियम बिन्ता हाना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे ।
बंगलादेशकी सौरवी अखन्डा प्रीतिको प्रहार आएकी भारतकी गोलकिपरले रोकिन् भने अल्पी अख्तरको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

भारतका लागि स्भेता रानी र अन्विता राघुरमनले गोल गरे । भारतका अलिना देवी सरागंथेम, बोनिफिलिया सुुल्लाई र दिव्यानी लिन्डाको प्रहारलाई बंगलादेशकी गोलकिपरले रोकेकी थिइन् ।

त्यसअघि, खेलमा भारतले लिएको अग्रता जोगाउन सकेन। अनुष्का कुमारीले चौथो मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा दिलाएकी थिइन् । ७१औँ मिनेटमा कप्तान अप्रिता विश्वासले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिइन् ।

फागुन १८ गते सुरु भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी ४ टोलीको सहभागिता थियो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.