2 years ago
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एभरेष्ट भलिबल क्लबबाट खेल्ने भएका छन् ।
एभरेष्टले शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि कप्तान अरुणासहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको छ । तीनै खेलाडी नेपाल आइपुगिसकेका छन् । टोलीको प्रशिक्षण भने अर्जुन घिमिरे नै रहेका छन् ।
एभरेष्टमा यी ४ बाहेक घरेलु भलिबलमा प्रभाव जमाएका खेलाडी पनि छन् । निशा चौधरी, मिना सुनार, अनुषा चौधरी र आरति चौधरी पनि टिममा छन् । यसबाहेक टोलीमा ऋतु पुन, प्रमिला जिसी र रिचा थापा छन् ।
सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उक्त प्रतियोगिताको उपाधि भारतले नै जितेको थियो । यी तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागी थिए ।
एभरेष्ट प्रतियोगिताको समूह ए मा रहेको छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् । एभरेष्टले प्रतियोगिताको पहिलो खेलमा शनिबार विहान ८:३० बजे कर्णाली प्रदेशको सामना गर्दैछ ।
अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]