2 years ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ।
पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो ।
सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबारको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले हराएको थियो। आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी भएको थियो ।
पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ। पुलिसले भने आर्मीविरुद्धको १ अंक जोडे सेमिफाइनल पुग्ने छ। पुलिसको ५ र आर्मीको ३ अंक छ।

अर्को समूहमा एपिएफ र चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले समान १ खेल जितेका छन् । मधेशले एक खेल गुमाएको छ। महिलातर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।
पुरुषतर्फ अहिलेसम्म एपिएफ, सुदुरपश्चिम प्रदेश, पुलिस र बुढानिलकण्ठ क्वाटरफाइनलमा पुगिसकेका छन्।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् ।
समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।
समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]