9 years ago
January 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस र आयोजक एपिएफ सशस्त्र प्रहरी महानिरिक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

हलचोक स्थित एपिएफको भलिबल कोर्टमा मंगलबार पुलिस दोहोरो सफलता हासिल गर्दै अन्तिम चारणमा पुगेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ ले हराएको पुलिसले अर्को खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र २५–२१ ले पराजित ग¥यो । पहिलो खेलमा पुलिस शुशिला थापा र अर्को खेलमा चुडा खड्का वुमन अफ द म्याच घोषित भइन् ।
अर्को खेलमा एपिएफले न्यू डाइमन्डलाई हराउँदै अघि बढेको हो । पहिलो सेट गुमाउनका वावजुद एपिएफ २२–२५,२५–१२,२५–२३ र २५–२३ ले विजयी भएको थियो । एपिएफकी सरस्वती चौधरी वुमन अफद म्याच बनिन् । हारका वावजुद न्यू डाइमन्डपनि सेमिफाइनल पुगेको छ । अब न्यू डाइमन्डले पुलिससँग सेमिफाइनल खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]