default_image

2 years ago

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपालसँग जर्मनी पराजित

2967 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपमा नेपालले जर्मनीलाई हराएको छ । आज भएको रेगु q नेपालले जर्मनीलाई २–० ले हराएको छ ।

पहिलो दिन शनिबार रेगु इभेन्टमै फ्रान्सलाई २–१ हराएको नेपालले अर्को डबल इभेन्टमा खेल भने चाइनिज ताइपेसँग पराजित भएको थियो । रेगु इभेन्टमा ३ खेलाडी खेल्ने २ खेलाडी बाहिर रहन्छन् । डलबमा भने २ खेलाडी खेल्ने र अर्का खेलाडी बाहिर रहन्छन् ।

आजै इरानसँग हुने रेगु इेभन्टको खेल जितेको खण्डमा नेपाल आफ्नो समूहको विजेताका रुपमा अघिल्लो चरण पुग्ने सम्भावना रहेको नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगले जानकारी दिए। रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।

प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । कुल २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.