default_image

9 years ago

February 5, 2017

श्रीलंकासँग नेपालको फराकिलो हार

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा आइतबार अर्को हार बेहोरेको छ । नेपाल आफ्नो छैटौ खेलमा श्रीलंकासँग एक सय ३१ रनको भारी अन्तरले पराजित भएको थियो । भारतमा जारी प्रतियोगितामा नेपालको यो पाँचौ हार हो ।

wc-cricket

नेपाल यस अघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजसँग पराजित भइसकेको थियो । नेपालले एक मात्र जित दक्षिण अफ्रिकासँग प्राप्त गरेको थियो । पुने स्थित एमवाइसी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउदै २ सय ७४ रन बनाएको थियो ।

जवाफमा नेपाली टोलीले ५ विकेट गुमाएर १ सय ४३ रन मात्रै जोड्न सक्यो । नेपालका लागि ओपनर सुनिल थापा मगरले ३० बलमा ४ चौकासहित ३८ बनाए । कप्तान किर्तन श्रेष्ठ दुवालले ४७ बलमा २ चौकासहित ३७ रन तथा पदम बहादुर बडैलाले १८ बलमा ३ चौकासहित २३ रन जोडे । त्यस बाहेक अब्दुल जाहिर फकिर १० रन, लोकबहादुर थापा ८ रन तथा सुनिल राना मगर १ रन बनाए । अर्का ओपनर बिक्रमबहादुर राना पहिलो बलमै आउट भए ।

श्रीलंकाका लागि ओपनर सुरङगा सम्पथले शतक पुरा गरे । ४८ बलमा उनले १९ चौका र १ छक्का साथ १ सय ११ रन बनाएका थिए । उनी रीटायर्ड हर्ट भएका थिए । अर्का ओपनर रुवान वासन्थाले ४१ बलमा ८ चौकाका साथ ७६ रनको जोडे । कभिदु थोमाले १२ बलमा अबिजित ३२ रन जोड्दा रुवान थिलकाले १८ बलमा ३३ रन प्रहार गरे । श्रीलंकाका दुई खेलाडी रन आउट भएका थिए भने नेपाली सुनिल थापा मगर र रमेश बहादुर बानिँयाले समान एक विकेट लिए ।

नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले नेपाली खेलाडीले श्रीलंकाविरुद्ध पनि फिल्डिङमा कमजोर प्रदर्शन गर्दा भारी अन्तरको हार बेहोर्नु परेको बताए । ‘श्रीलंका हामी भन्दा निक्कै उत्कृष्ट टोली हो । उनिहरुलाई पराजित गर्न मुस्किल थियो’, प्रशिक्षक प्रजुले भने, ‘तर, खेलाडीले फिल्डिङमा निक्कै कमजोर प्रदर्शन गरे । हातमा आएको बललाई रोक्न नसक्दा हामीले श्रीलंकालाई ५०–६० रन बढि दियौं । ’ सोमबार नेपालको खेल छैन ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.