1 year ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको १६ सदस्यीय टोली नेपाल आइपुगेको छ ।
रसियाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्यो । नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।
नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो ।

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी नियमित छन् ।
त्यस्तै लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्टसँगै युवा सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् । मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टोलीको प्रशिक्षण जगदीश भट्टले सम्हालिरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।
नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
संघले आठौं प्रधानमन्त्री कप एनभिए लिगको प्रदर्शनको आधारमा प्रारम्भिक छनोट गरेर विभिन्न चरणपछि अन्तिम टोली छनोट गरेको हो ।
नेपालमै गत वर्ष भएको काभा नेसन्स च्यालेन्ज कपको टोलीबाट रिमा कुँवर र पुजा चौधरी भने यसपटक टोलीमा अटाएनन् । स्टार स्पाइकर प्रतिभा माली अझै चोटबाट ठिक नभएका कारण छनोटमा सहभागी भइनन् ।
प्रतियोगिता तथा मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद र कान्तिपुर म्याक्स टिभीले गर्नेछन् । हाम्रो खेलकुदले यसै साता नेपाल भलिबल संघसँग प्रसारण अधिकारका लागि सम्झौता गरेको थियो । पछिल्लो दुई वर्षयता हाम्रो खेलकुदले संघको प्रतियोगिता प्रसारण गर्दै आएको छ । गत वर्ष सम्पन्न काभा महिला च्यालेन्ज कपमा पनि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनबीच सहकार्य भएको थियो ।
नेपालको टोली: अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी
रसियाको टोली: एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]