default_image

1 year ago

August 1, 2024

नेपालको विजयी सुरूवात

4936 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूवात गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टिमबाट डेब्यु गरे । सुरूवात राम्रो गरेको नेपालले पहिलो सेटमा ६-२ को अग्रता बनाइसकेको थियो ।

यसपछि निरन्तर अंक जोडेर नेपालले पहिलो सेटमा श्रीलंकालाई २५-१९ ले आफ्नो पक्षमा पार्यो । हाइट एडभान्टेज रहेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । दोस्रो सेटमा पनि कुनै पनि समय श्रीलंकाले अग्रता बनाउन सकेन भने नेपालले २५-१८ ले दोस्रो सेट जित्दै नेपालले दुई शुन्यको अग्रता बनायो ।

दुई शुन्यले पछि परेको श्रीलंकाले तेस्रो सेटको सुरूवातमा नेपाललाई दबाब दियो । श्रीलंकाले ७-३ ले अग्रता बनायो । नेपाल खेलमा फर्कने कोशिशमा थियो र खेल १५-१५ को बराबरीमा पुग्यो । सरस्वती चौधरीको सर्भीसमा निरूता ठगुनाको स्पाइकमा नेपालले १६-१५ को अग्रता बनायो ।

नेपालले लगातार सात अंक जोडेर खेललाई १९-१५ मा समेत पुर्यायो । सानदार कमब्याक गर्दै नेपालले तेस्रो सेट २५-१९ ले हात पार्यो ।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.