1 year ago
August 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूवात गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टिमबाट डेब्यु गरे । सुरूवात राम्रो गरेको नेपालले पहिलो सेटमा ६-२ को अग्रता बनाइसकेको थियो ।
यसपछि निरन्तर अंक जोडेर नेपालले पहिलो सेटमा श्रीलंकालाई २५-१९ ले आफ्नो पक्षमा पार्यो । हाइट एडभान्टेज रहेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । दोस्रो सेटमा पनि कुनै पनि समय श्रीलंकाले अग्रता बनाउन सकेन भने नेपालले २५-१८ ले दोस्रो सेट जित्दै नेपालले दुई शुन्यको अग्रता बनायो ।
दुई शुन्यले पछि परेको श्रीलंकाले तेस्रो सेटको सुरूवातमा नेपाललाई दबाब दियो । श्रीलंकाले ७-३ ले अग्रता बनायो । नेपाल खेलमा फर्कने कोशिशमा थियो र खेल १५-१५ को बराबरीमा पुग्यो । सरस्वती चौधरीको सर्भीसमा निरूता ठगुनाको स्पाइकमा नेपालले १६-१५ को अग्रता बनायो ।
नेपालले लगातार सात अंक जोडेर खेललाई १९-१५ मा समेत पुर्यायो । सानदार कमब्याक गर्दै नेपालले तेस्रो सेट २५-१९ ले हात पार्यो ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]