default_image

1 year ago

August 29, 2024

महिला भलिबल टोलीलाई नगद सहितको सम्मान

1330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।

राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरूता ठगुन्ना, सोफिया पुन, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्ति कला तामाङ र कामना विष्ट रहेका छन्।

यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव , व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।

युवा तथा खेलकुद मन्त्रालयले सम्मानित अधिकांश कुल १८ मध्ये अधिकांशको खातामा रकम जम्मा भैसकेको पनि जानकारी दिइयो। खाता नम्बर नमिलेको केहि खेलाडीको हकमा भने आज साँझ सम्म रकम जम्मा हुने बताइएको छ।

सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीहरूले दिलाएको सफलताको लागि टोलीलाई बधाई दिए।

दक्षिण एसिया र यो भन्दा माथिल्लो स्तरमा पुग्नलाई सुविधामा थप गर्नुपर्ने, भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको लागि आफ्नो ध्यान पुगेको भन्दै आर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेपनि भलिबल विकासका लागि अधिकतम कोशिस गर्ने प्रतिवद्धता पनि ‌व्यक्त गरे। भलिबल प्रशिक्षणका लागि प्रशिक्षण हल सम्म नभएको विषयप्रति आफू जानकार रहेको बताए ।

सम्मानपछि कप्तान अरूणाले यो सम्मानको लागि नेपाल सरकारलाई धन्यवाद दिँदै यसले जिम्मेवारी बढेको र अझै उत्कृष्ट भलिबल खेलेर देशलाई चिनाउन लागि पर्ने बताइन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पुरस्कारको नियम रहेपनि यति चाँडै पुरस्कारका प्रदान गर्न संभव भएकोमा प्रधानमन्त्री ओली र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई धन्यवाद दिए।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पदक विजेता खेलाडीलाई पुरस्कारको ब्यवस्था रहेपनि खेलाडीको पुरस्कार रकममा निकै ढिलाई हुँदै आएको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राष्ट्रिय टोली आज सम्मानित भएको हो।

गत महिना काठमाडौंमा भएको काभा नेसन्स लिगमा नेपाल दोस्रो भएको थियो। लिग चरणमा भलिबल इतिहासमै भारतलाई पहिलो पटक हराएको नेपाली टोली फाइनलमा सोही टोलीसँग ३-२ सेटले पराजित भएको थियो।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.