default_image

1 year ago

August 29, 2024

महिला भलिबल टोलीलाई नगद सहितको सम्मान

1331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।

राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरूता ठगुन्ना, सोफिया पुन, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्ति कला तामाङ र कामना विष्ट रहेका छन्।

यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव , व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।

युवा तथा खेलकुद मन्त्रालयले सम्मानित अधिकांश कुल १८ मध्ये अधिकांशको खातामा रकम जम्मा भैसकेको पनि जानकारी दिइयो। खाता नम्बर नमिलेको केहि खेलाडीको हकमा भने आज साँझ सम्म रकम जम्मा हुने बताइएको छ।

सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीहरूले दिलाएको सफलताको लागि टोलीलाई बधाई दिए।

दक्षिण एसिया र यो भन्दा माथिल्लो स्तरमा पुग्नलाई सुविधामा थप गर्नुपर्ने, भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको लागि आफ्नो ध्यान पुगेको भन्दै आर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेपनि भलिबल विकासका लागि अधिकतम कोशिस गर्ने प्रतिवद्धता पनि ‌व्यक्त गरे। भलिबल प्रशिक्षणका लागि प्रशिक्षण हल सम्म नभएको विषयप्रति आफू जानकार रहेको बताए ।

सम्मानपछि कप्तान अरूणाले यो सम्मानको लागि नेपाल सरकारलाई धन्यवाद दिँदै यसले जिम्मेवारी बढेको र अझै उत्कृष्ट भलिबल खेलेर देशलाई चिनाउन लागि पर्ने बताइन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पुरस्कारको नियम रहेपनि यति चाँडै पुरस्कारका प्रदान गर्न संभव भएकोमा प्रधानमन्त्री ओली र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई धन्यवाद दिए।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पदक विजेता खेलाडीलाई पुरस्कारको ब्यवस्था रहेपनि खेलाडीको पुरस्कार रकममा निकै ढिलाई हुँदै आएको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राष्ट्रिय टोली आज सम्मानित भएको हो।

गत महिना काठमाडौंमा भएको काभा नेसन्स लिगमा नेपाल दोस्रो भएको थियो। लिग चरणमा भलिबल इतिहासमै भारतलाई पहिलो पटक हराएको नेपाली टोली फाइनलमा सोही टोलीसँग ३-२ सेटले पराजित भएको थियो।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.