1 year ago
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रका उत्कृष्ट खेलाडीलाई २ दशक देखि निरन्तर सम्मान गरेर राम्रो परम्परा स्थापित गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद पत्रकार मञ्चलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले सम्मानका लागि हुने अवार्ड आयोजनामा आफ्नो साथ र शुभकामना संधै रहने बताए ।
एसियाका खेल पत्रकारको संगठन एआइपिएस एसियाको २५ औं कंग्रेसका सहभागीलाई शनिवार आफ्नै निवासमा भेट दिनेक्रममा राष्ट्रपतिले यस्तो बताएका हुन्।

कंग्रेस आयोजनाको लागि नेपाललाई छानेकोमा एआइपिएस एसियालाई धन्यवाद दिदै कंग्रेस सफलतापूर्वक सम्पन्न भई एसियाली पत्रकारहरुको हक हितमा महत्वपूर्ण निर्णयका साथ काठमाडौं घोषणापत्र जारी गर्न सफल भएकोमा बधाईका पात्र हुनुहुन्छ ।
‘नेपालको पहिचान सगरमाथाको देश र बुद्ध जन्मस्थलको रुपमा विश्वव्यापी छ । त्यतिमात्र होइन, नेपाल खेल र खेलाडीको पनि देश हो। भर्खरै मात्र तेक्वान्दोकी पलेशा गोवर्धनले पारा ओलम्पिकमा पदक जितेर नेपालको नाम उँचो पार्नुभएको छ’, राष्ट्रपति पौडेलले भने ,’ त्यस्तै साहसिक खेल, हाइ अल्टिच्युट खेल, अल्ट्रा दौडमा नेपालको सम्भावना उच्च छ । हिँउको दौड एभरेस्ट म्याराथुनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाएका छन् ।’

नेपाल यस्तो साहसिक खेलको प्रचुर सम्भावना भएको देश हो भनेर तपाईहरुले विश्व खेलकुद क्षेत्रमा यो सन्देश छरिदिनु होला भन्ने मलाई विश्वास छ, राष्ट्रपतिले थपे, एआइपिएस एसियाको। कंग्रेस जस्तो कार्यक्रम आयोजनाको आँट गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च लाई पनि शुभकामना र बधाई छ ।’
कंग्रेसमा २४ राष्ट्रका ५६ जनाको सहभागिता रहेको मन्चले जनाएको छ। नेपालमा पहिलो पटक एआइपिएसको कंग्रेस आयोजना भएको हो।
मञ्चको आयोजना शुक्रवार भएको पल्सर स्पोर्ट्स अवार्डमा १० विधामा सम्मान गरिएको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]