default_image

1 year ago

October 5, 2024

गौचन लुम्बिनीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त

515 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

लुम्बिनी लायन्सका‌ मालिक इश्वर जिसी र गौचनले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा पनि निरन्तरता पाउने बताइएको छ।

एनपिएलको आयोजनाका लागि गौचनले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। उनले लुम्बिनीलाई आफूलाई मौका दिएकोमा धन्यवाद दिँदै टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट शतप्रतिशत दिने बताए ।

लुम्बिनीका मालिक जिसी गौचनलाई भित्राउन पाउँदा गर्व लागेको जनाउँदै बताएका छन् । उनले टोली अहिले अक्सनमा केन्द्रित रहेको र मुख्य प्रशिक्षक चाँडै नियुक्त गर्ने बताए।

क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदानलाई आफूले शब्दमा बयान गर्न आवश्यक नरहेको बताए ।

लुम्बिनीका मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल रहेका छन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ कियर प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि आइतवार अक्सन हुने तय भएको छ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.