1 year ago
November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेल पूर्वाधार निर्माण कार्यमा संलग्न काया स्पोर्ट्सले आफ्नो कायापलट कार्यक्रममार्फत नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई सहयोग गर्ने भएको छ ।
आइतबार काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता आयोजनाका लागि काया स्पोर्ट्सले गरेको पत्रकार सम्मेलनमा न्यू डायमन्डलाई सहयोग गर्ने जानकारी दिइएको हो ।
नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप आयोजना गर्न लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ । ३२ विद्यालय सहभागी रहने यस प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले पत्रकार सम्मेलनमाझ जानकारी दियो ।
कायाले प्रतियोगिता आयोजनासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्डलाई सहयोग गर्ने छ । खेलकुदले समाजमा सकारात्मक प्रभाव पार्ने हुनाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेपनि न्यू डायमन्डले नेपाली खेलकुदमा उदाहरणीय कार्य गरिरहेकोले प्रोत्साहन गर्ने निर्णय लिएको काया स्पोर्ट्सका संस्थापक पविन कार्कीले बताए । उनले न्यू डायमन्डको कभर्ड हल निर्माण गर्ने योजनामा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘नेपाली महिला भलिबलमा न्यू डायमन्ड र कुमार राई सरको योगदान ठूलो छ । वहाँहरुको कभर्ड हल बनाउने योजनामा हामीले आफ्नो तर्फबाट सहयोग गर्न लागेका हौं । हाम्रो कार्यक्रमबाट हुने फाइदाको रकम वहाँहरुलाई प्रदान गर्नेछौं र केहीगरी फाइदा भएन भनेपनि हामीले केही रकम छुट्याएका छौं,’ कार्कीले भने ।
काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिता ७-ए-साइड मैदानमा हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । मंसिर १७ र १८ गते समूह चरणका खेल हुँदा मंसिर २० गते भने प्रतियोगिताको नकआउट चरणको खेल हुनेछ ।
मंसिर तेस्रो साता हुने प्रतियोगितामा खेलाडीहरुलाई धेरै भन्दा धेरै प्रतिस्पर्धा गर्ने अवसर मिलोस भन्ने लक्ष्यका साथ प्रतियोगिताका हरेक टोलीले कम्तिमा ३ खेल खेल्न पाउने समीकरण रहेको छ । टिम दर्ता शूल्क १५ हजार रुपैयाँ रहेकोमा हालसम्म १६ टोली दर्ता भइसकेको कार्कीले जानकारी दिए ।
सहभागी खेलाडी र विद्यालयबीच आपसी भाइचारालाई प्रोत्साहन गर्न आयोजकले मंसिर २२ गते गाला डिनरसहित प्रतियोगिताको समापन समारोह गर्ने तयारी आयोजकको छ । यसबाहेक खेलाडीहरुको हौसला अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको सह-आयोजक पाना नेपालका विकल्प खरेलले जानकारी दिए ।
कार्कीले यस प्रतियोगिता मात्र नभएर संस्थाको कायापल्ट कार्यक्रमका अन्य इभेन्टमा पनि न्यू डायमन्डको सहयोगार्थ केही गर्ने योजना रहेको बताए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]