1 year ago
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।
आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता र उपविजेताको हैसियतमा हेल्प नेपाल र गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
यस प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
हेल्प नेपालले क्लब च्याम्पियनसिपका लागि विदेशी खेलाडीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाडीलाई यस प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ ।
केही महिनाअघि मात्र नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभ महिला क्लब च्याम्पियनसिपमा एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमन्डकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।
यसपटक हेल्प नेपाल र गण्डकीले विदेशीसँगै अन्य विभागका खेलाडी सम्मिलित गरेर टिम निर्माण गर्ने तयारी छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]