1 year ago
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिसका अपोजिट स्पाइकर रविन चन्द ठकुरीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् ।
यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले रविनलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत शनिवार जानकारी दिएको छ ।
हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्दै छन् ।
मंगलवार आठौं प्रधानमन्त्री कप एनभिए लिगमा हेल्प नेपाललाई च्याम्पियन बनाएका कप्तान दीपक थापालाई कप्तानीमा निरन्तरता दिएको थियो । हेल्प नेपालले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको सोमवार जानकारी दिएको थियो।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंसिर २२ गते देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]