1 year ago
November 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती तीन दिन अग्रता लिएका व्यावसायिक गल्फर तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै युवा एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेक छन् । उनको करियरको यो पहिलो उपाधि हो ।
गोकर्ण गल्फ कोर्षमा प्रतियोगिताको अन्तिम दिन विहीबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई पछि पारे । एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टुरको प्रो उपाधि जित्ने उनी पाँचौ खेलाडी बनेका छन् ।
उच्च लयमा रहेका लगातार तीन दिनका लिडर तोरणसँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको स्पष्ट अग्रता थियो। तोरणसँग अन्तिम दिनको समूहमा एमेच्योरद्वय सदभाव र राहुल थिए। अनुभव र चार स्ट्रोकको अग्रताले तोरणको उपाधि सम्भावना बलियो थियो । तर पहिलोपटक लिडर ग्रुपमा रहेर खेलेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे ।
बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यता तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरे। यो स्कोरमा फ्रन्ट नाइनको खेल सकिंदा राहुलले खेललाई बराबरीमा पुर्याए । तोरण र राहुल समान ११-अन्डरमा थिए ।
यसपछि बाँकी नौ होलको खेलमा तोरण र राहुलबीच कडा प्रतिस्पर्धा चल्यो । कहिले राहुल त कहिले तोरणले अग्रता बनाउँदा खेल रोमाञ्चक बन्यो । राहुलले ११औं र १२औं होलमा बर्डी प्रहार गरे । तोरणले भने १०औं र १३औं होलमा एक-एक सट बचाए । १५औं होलमा बोगी प्रहार गरे । १५औं होलपछि खेल बराबरीमा पुग्यो ।
१६औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट पट इन गर्दै बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । १८ औं होलमा राहुलले बर्डी पट चुकेपछि तोरणसँग खेललाई प्लेअफमा लग्ने अवसर त थियो । तर उनले झन्डै १० फिट टाढाबाट गरेको पट होलको निकै नजिकबाट पार भयो । राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते ।
डिफेन्डिङ च्याम्पियन सदभावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि दोस्रो छैटौं र नवौं होलको बोगीले फर्न्ट नाइन १-ओभर ३७ मा सकाए। यसपछि १०औं, ११औं, १४औं र १७औं होलमा एक-एक सट बचाए भने १५औं होलमा डबल बोगी मात्र खेपेनन १८औं होलमा एक सट खेर फाले। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। उनी समग्रमा तेस्रो र एमेच्योरतर्फ दोस्रो भए।
समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए । उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो। प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरे । सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १४ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]