1 year ago
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट यसै साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न ३ पाकिस्तानी खेलाडी काठमाडौं आइपुगेका छन्।
पाकिस्तानी माजर अली, मुवासर राजा र अद्नान खानलाई काभाका लागि हेल्प नेपालले अनुबन्ध गरेको हो। यसअघि पनि उनीहरुले हेल्प नेपालबाट खेलिसकेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई हेल्प नेपालका महासचिव अरुण श्रेष्ठले स्वागत गरेका थिए।
नेपालका २, भारत, माल्दिभ्स र इरानको समान १ गरि ५ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्नेछन्।
आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन्।

च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ।
काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।
यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो।च्याम्पियन्सिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]