1 year ago
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडीलाई सम्मान गरिएको छ ।
ललितपुरमा एक कार्यक्रममाझ नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालि ले सयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ६१ केजी तौल समुहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समुहमा सहभागी पुरन राई, ६३ केजी तौल समुहमा सहभागी महेन्द्र बहादुर चन्द सहित प्रशिक्षक प्रेम पाउजुलाई नगद सहित कदरपत्र प्रदान गरिएको थियो ।
सोहि अवसरमा वल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्ष सम्पन्न गरी पहिलो प्रोफेशनल रेफ्रिजज बन्न सफल भएका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो । प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा पनि रेफ्रिको भूमिका निभाएका थिए ।
बक्सिङका वरिष्ठ प्रशिक्षकहरु, खेलाडीहरु सहित करिब ४० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सिल्क ट्रान्सपोर्टकका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले व्यावसायिक बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका निम्ति विभिन्न तवरले सहयोग गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसन संग सहकार्य गर्दै प्रतिवद्धता व्यक्त गरे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]