11 months ago
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं माभेरिक्सका मार्की खेलाडी, २१ वर्षीय घनश्याम रोका मगर नेपाल कबड्डी लिग (एनकेएल) को लागि तयारीमा जुटेका छन्।
पहिलो संस्करणको एनकेएल माघ ४ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुँदैछ।
घनश्याम एनकेएलको लागि स्टार खेलाडी हुन्। युवा खेलाडी घनश्यामले भारतको प्रतिष्ठित प्रो कबड्डी लिग (पिकेएल) खेलेको मात्र होइन, जितेको अनुभव छ। उनले दुई सिजन हरयाना स्टिलर्सबाट खेले। दशौं संस्करणमा उनको टिम दोस्रो र एघारौं संस्करणमा हरयानाले उपाधि नै जितेको थियो।
यो अनुभव काठमाडौं माभेरिक्सको लागि पनि फलदायी हुने उनको बुझाई छ। यद्यपि भारत र नेपालको कबड्डीको स्तरमा भने फरक रहेको उनले बताए। भारतमा प्रतिस्पर्धा बढी हुने र प्राविधिक रूपमा पनि भारतको कबड्डी अगाडि रहेको बताए।
उनको पिकेएलको यात्रा संभव भने नेपाली टोलीबाट खेल्दा भएको हो। उनको जन्म भारतमा नै भएको हो। भारतीय भूमिमा नेपाली अभिभावकबाट जन्मिएका उनको पुर्ख्यौली घर रोल्पाको लिबाङ हो।
उनका बुबा ३० वर्षअघि भारत गएका थिए। तर उनी नवौं राष्ट्रिय खेलकुद खेल्न नेपाल आए। त्यसपछि उनी नेपाली टोलीको नजरमा परे। उनी विश्व जुनियर कबड्डी टिमको लागि नेपाली टोलीमा प्रवेश गर्न सफल रहे। सो च्याम्पियनसिप इरानमा भएको थियो। त्यहाँ उनको प्रदर्शन भारतीय कबड्डी पदाधिकारीहरूको नजरमा पर्यो। अनि उनको लागि पिकेएलको लागि ढोका खुल्यो।
सन् २०२३ मा बंगबन्धु कबड्डी कपमा नेपालको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। यसपछि उनको कप्तानीमा चौथो संस्करणको बंगबन्धु कबड्डी कपमा नेपाल दोस्रो भयो। उनी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि जित्न पनि सफल भएका थिए।

उनी एनकेएलको लागि हिजो नेपाल आइपुगेका हुन्। उनले आजदेखि आफ्नो टोलीसँग औपचारिक प्रशिक्षण गर्न सुरु गरेका छन्।
एनकेएलबारे उनले भने, ‘एनकेएलका सबै छ टोली प्रतिस्पर्धात्मक छन्। विदेशी र घरेलु खेलाडी उत्कृष्ट छन्। हामी शतप्रतिशत दिनेछौं र ट्रफी जित्ने आशा राखेका छौं।’
उनका अनुसार एनकेएलले नेपालमा कबड्डी खेललाई नयाँ उचाइमा पुर्याउनेछ। उनले थपे ‘एनकेएल जस्तो लिगमा आफ्नै देशमा खेल्न पाउनु मेरो सपना हो। यसले हाम्रो प्रतिभा देखाउन र नेपालमा कबड्डी प्रवर्द्धन गर्न ठूलो अवसर प्रदान गर्नेछ।’
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]