11 months ago
January 14, 2025
सुकुटे/ सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबकी कमला पुन र मनिषा चौधरीको जोडीले राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।
चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा मंगलवार सुरु भएको प्रतियोगितामा समूह ‘ग’ मा कमला र मनिषाको जोडीले कर्णाली प्रदेशकी सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-४ र २१-२ को सोझो सेटमा हरायो ।
सातौं महिला राष्ट्रिय बिच भलिबलको पहिलो दिनका अन्य खेलमा समूह ‘क’ मा एपिएफको रस्मिता दुरा र जस्ना महतोको जोडीले सुदूरपश्चिम प्रदेशलाई, समूह ‘ख’ मा कोशी प्रदेशकी अन्जना लिम्बु र सुस्मिता लावती जोडीले बागमती प्रदेशकी अन्जना क्षेत्री र अनु तामाङको जोडीले त्रिभुवन आर्मी क्लबकी सुनिता राई र भावना डाँगीको जोडीलाई समान २-० ले हरायो।
आठौं पुरुष राष्ट्रिय बिच प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ मा पुलिसका चन्द्र कुवँर र सफल विकको जोडीले सुदूरपश्चिमका नवराज धामी र बरुण ठगुन्नाको जोडीलाई २१-१० र २१-१२ ले पराजित गर्यो।
समूह ‘ग’ मा मधेश प्रदेशले विनय यादव र धिरेश यादवको जोडीले बागमतीका निर्मल बजगाईं र उपेन्द्र तामाङको जोडीलाई २२-१७ र २१-१६ ले तथा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले मधेशका भरत यादव र इब्राहिम आलमको जोडीलाई २१-११ र २१-१० ले हरायो।
त्यसअघि प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घघाटन गरेका थिए ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।
५ दिन सम्म चल्ने च्याम्पियनसिपमा महिलामा१७ र पुरुषमा १८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुवैतर्फ समान ८ समूहमा विभाजन गरिएको छ। बुधवार प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ खेल हुनेछन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]