default_image

11 months ago

January 17, 2025

राष्ट्रिय बिच भलिबल – विभागीय जोडी मात्रै सेमिफाइनलमा पुगे

2462 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबको महिला र पुरुष दुवैतर्फ विभागीय जोडी मात्रै सेमिफाइनल पुग्न सफल भएको छ।

महिलातर्फ नेपाल पुलिस क्लब र एपिएफका दुवै जोडी सेमिफाइनल पुगेको छ । पुरुष दुवैतर्फ एपिएफको दुवै टोली तथा त्रिभुवन आर्मी क्लब र पुलिसको‌ समान एक जोडी सेमिफाइनल पुगेको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार आर्मी क्लबकाका टिकराज तामाङ र सूर्य परियारको जोडीले आफ्नै क्लबका दीनेश चन्द र महेश पन्तको जोडीलाई २-० सेटले हरायो।

आठौं राष्ट्रिय बिच भलिबल क्वाटरफाइनलमा एपिएफको बलिराम चौधरी र रमेश विकको जोडीले मधेश प्रदेशको विनय चौधरी र धिरेश चौधरीको जोडीलाई २-० सेटले पराजित गर्यो।

पुलिसका चन्द्र कुवँर र सफल विकको जोडीले आफ्नै क्लबका रविन चन्द र पहल गहतराजको जोडीलाई २-१ सेटले हराउँदै सेमिफाइनल पुगेको हो।

एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाले कर्णाली प्रदेशका जयप्रकाश पुन र दीपक नेपालीको जोडीलाई २-० सेटले हरायो।

आजै हुने सेमिफाइनलमा आर्मीका टिकराज र सूर्यको जोडीले एपिएफका बलिराम र रमेशको जोडीको सामना गर्नेछ। अर्को सेमिफाइनल पुलिसका चन्द्र र सफलको जोडी तथा एपिएफको महेन्द्र र राजकुमारको जोडीबिच हुनेछ।

दुवै सेमिफाइनलमा पुलिस र एपिएफ जोडी भिड्ने

एपिएफको रस्मिता दुरा र जस्ना महतोको जोडीले सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडीलाई २-० सेटले हराउँदै सातौं महिला राष्ट्रिय बिच भलिबलको सेमिफाइनलमा पुगेको छ।

काभा महिला बिच भलिबलको विजेता पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले आर्मी क्लबका सुनिता राई र भावना डाँगीको जोडीलाई २-० सेटले हराउँदै सेमिफाइनलमा पुगेको हो।

क्वाटरफाइनलमा एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडीले गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीलाई २-० को सेटले पराजित गर्यो।

पुलिसका पुनम चन्द र कामना विष्टको जोडी बागमतीको मिना जर्घामगर र सविना भुजेलको जोडीलाई २-० सेटले हराउँदै सेमिफाइनलमा पुगेको छ।

आजै हुने सेमिफाइनलमा एपिएफका रस्मिता र जस्नाको जोडीले पुलिसका कमला र मनिषाको जोडीको सामना गर्नेछ। अर्को सेमिफाइनल एपिएफका निरुता र नेविकाको जोडी तथा पुनम र कामनाको जोडीबीच हुनेछ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.