default_image

11 months ago

January 17, 2025

बिच भलिबलको फाइनलमा पुलिसकै दुई जोडी

1730 views

0 Bookmark

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका दुई जोडी सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

पुलिसको दुवै टोलीले शुक्रवार सेमिफाइनलमा एपिएफ क्लबको जोडीलाई हराएको हो ।

काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरीको एपिएफ क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २२-९, २१-५ ले हराउँदै उपाधि नजिक पुगेको हो। कमला र मनिषाकि साउनमा भुटानमा भएको काभा बिचमा च्याम्पियन बनेको थियो।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार पुनम चन्द र कामना विष्टको जोडीले एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडीलाई २२-२०,२१-१७ ले हराउँदै आफ्नै क्लबको जोडीसँगको भेट पक्का गरेको छ। तेस्रो स्थान र फाइनल शनिवार हुनेछ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.