11 months ago
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५-२४ हराउँदै विजयी सुरुवात गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार दोस्रो खेलको सुरुवात प्रतिस्पर्धात्मक भए पनि सहिद अन्सारीको सुपर रेडसँगै जनकपुरले ७-५ को अग्रता बनायो।
लगतै च्याफोन कामुन्नेको अर्को सुपर रेडमा जनकपुर १०-५ ले अगाडि बढ्यो। यसपछि हिमालयनलाई अल आउट गर्दै स्कोर १४-८ मा पुर्याउन सफल जनकपुरले पहिलो हाफमा ७ अंकको अग्रता बनायो। पहिलो हाफ १८-११ मा सकियो।
दोस्रो हाफमा पनि हिमालयन खेलमा फर्कन सकेन। जनकपुरले निरन्तर स्कोर गरि नै रहयो। दोस्रो पटक हिमालयनलाई अल आउट गर्दै जनकपुरले २७-१४ को फराकिलो अग्रता बनायो।
एक समय ३०-१५ ले अगाडि रहेको जनकपुर १५ अंकले अगाडि रहँदै जितलाई सहज बनायो। ३५-२४ को स्कोरमा खेल जितेको जनकपुरले ५ अंक बनायो।
जनकपुरले रेडबाट १४ स्कोर, ट्याकलबाट १७ र अल आउटबाट ४ स्कोर जोड्यो। पराजित हिमालयनले रेडबाट १७, ट्याकलबाट ७ स्कोर गर्दा अल आउट गर्न सकेन।
विराटनगर ब्यान्डिन्ट्स विजयी
एनकेएलमा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरूवात गरेको छ। विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो।
खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरूवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो।

११-५ स्कोर गर्दा पहिलो पटक र २३-१४ को स्कोरमा दोस्रो पटक अल आउट गर्दा पहिलो हाफमा विराटनगरले २४-१६ को अग्रता बनायो।
यही लयलाई दोस्रो हाफमा पनि विराटनगरले निरन्तरता दियो। सुपर रेड अंकमा विराटनगरले दोस्रो हाफको सुरूवातमा २७-१७ को अग्रता बनायो।
१० अंकले पछि परेको धनगढीका स्टेफन एमोल्लोले सुपर रेड स्कोरमा अन्तरलाई २९-२३ मा झारे। तर यसपछि फेरि विराटनगर नै हाबी बन्यो। सहजै खेल ४६-३४ ले आफ्नो पक्षमा पार्यो।
विजयी विराटनगरले रेडबाट २४ स्कोर, ट्याकलबाट १८ र अल आउटबाट ४ स्कोर जोड्यो। धनगढीले भने रेडबाट २३ र ट्याकलबाट ११ स्कोर जोड्दा अल आउट गर्न सकेन। यस जितसँगै विराटनगरले ५ अंक बनाएको छ।
एनकेएलमा आइतवार पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र काठमाडौं माभेरिक्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल पोखरा लेकर्स र हिमालयन रेडर्सबीच हुनेछ।
नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टोलीको सहभागिता छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]