11 months ago
January 21, 2025
पोखरा (हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको २५औं संस्करण पोखराको हिमालयन गल्फ कोर्समा बुधवार सुरु हुँदैछ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ भन्दा बढी प्रोफेसनल र १४ एमेच्योर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटी इस्टर्न ओपनका विजेता निरज तामाङ तथा सञ्जय लामा र जयराम श्रेष्ठलाई दाबेदार मान्न सकिन्छ।
गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन यो सिजन पहिलो उपाधि जित्ने दाउमा रहनेछन्। उनलाई नम्बर एक प्रोको स्थान जिगाउन पनि उपाधि जित्ने दबाब रहेको छ।
ॐयो सिजन एक-एक उपाधि जितिसकेका एमेच्योर खेलाडी सदभाव आचार्य र राहुल विकेले पोखरामा भने भाग नलिने भएका छन्।
प्राकृतिक रूपमा अत्यन्तै आकर्षक हिमालयन गल्फ कोर्सलाई नेपालकै सबैभन्दा कठिन गल्फ कोर्स पनि मानिन्छ। दुई दिनपछि कट लागु हुनेछ। शीर्ष २१ भित्र पर्ने खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुनेले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।
सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्ययो चौथो प्रतियोगिता हो। यो सिजन कुल आठ प्रतियोगिता हुनेछन्।
पहिलो प्रतियोगिता काठमाडौं ओपनको उपाधि एमेच्योर सदभाव आचार्यले र दोस्रो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि अर्का एमेच्योर राहुल विकेले जितेका थिए। तेस्रो प्रतियोगिता वेस्टर्न ओपन भने निरज तामाङले आफ्नो नाममा लेखाएका थिए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]