11 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।
रेड टायल्सको आयोजना र अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने शुक्रवार पत्रकारमा जानकारी दिइयो ।
रेड टायल्सका अध्यक्ष सुरज केसीले प्रतियोगितामा देशभरका विद्यालय, कलेज तथा क्लबहरुबाट ३ सय ५० खेलाडीर सहभागी हुने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विद्यालय तर्फ यु-१० ब्वाइज सिंगल्स, यु-१० गर्ल्स सिंगल्स, यु-१२ व्वाइज सिंगल्स, यु-१२ गर्ल्स सिंगल्स, यु-१४ ब्वाइज सिंगल्स, यु-१४ गर्ल्स सिंगल्स, यु-१६ ब्वाइज र यु-१६ गर्ल्स सिंगल्स गरेर ८ स्पर्धा छन् भने कलेज तर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्स गरेर २ स्पर्धा रहेको बताइएको छन् ।
मेन्स् भेट्रान्स ४० वर्ष माथि सिंगल्स स्पर्धा पनि समावेश गरिएको बताइएको छ। त्यसको विजेताले १० हजार , दोस्रो ५ हजार र तेस्रो हुनेले समान ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषदका टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास वासुकलाले खेलाडी उत्पादनका लागि विधालय स्तरको प्रतियोगिता महत्वपूर्ण रहने बताए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]