default_image

11 months ago

January 25, 2025

टाइगर कप – न्यु डायमन्डको विजयी सुरुवात

4257 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप‌ टप न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ ।

महिला दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले दोस्रो, चौथो र पाँचौ सेटमा जित हात पार्दै खेल जितेको हो । पुलिसले पहिलो र तेस्रो सेट जित्यो।

पहिलो सेट १२-२५ ले गुमाएको डायमन्डले दोस्रो सेट २५-२३ ले जित्यो । तेस्रो सेट २४-२६ ले गुमाएको डायमन्डले चौथो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै टिप टप न्यु डायमन्डले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले थाइल्यान्डको क्लबलाई ३-२ ले पराजित गरेको थियो । प्रतियोगितामा २ विदेशी टोलीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता छ ।

विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

प्रतियोगिताका दुवैतर्फको‌ विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । दोस्रो टोलीले समान २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.