11 months ago
January 26, 2025
हेटौंडा (हाम्रो खेलकुद)- साविक विजेता राजन सुवेदी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा आइतवार सुरु भएको छ।
राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन माथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका छन्।
नेसनल च्याम्पियन्सिपका शीर्ष ३ र बीका ९ गरि १२ जना खेलाडी बिच एक अर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय बिजेता घोषणा गर्ने छन्।
अर्को खेलमा सिएम शुश्रुत दहाल पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल सँग पराजित भए । एफएम क्षितिज भण्डारीले पुरुषोत्तम सिलवाललाई लामो र्यालि खेलमा हराए ।निराश पारेका छन्।
काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कठिन खेलमा हराए। पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले भक्तपुरका विनय थापालाई पराजित गरे।
दोलखाका आशिष फुयालले एफएम रिजेन्द्र राजभण्डारीलाई हराए। पहिलो चरणको खेलबाट राजन, रुपेश , क्षितिज, प्रेमकृष्ण , नवीन र आशिषले समान १ अंक जोडे ।

महिला तर्फ इशा गिरिले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरिन् । नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठलाई, झापाका कृतिसारा अधिकारीले नयुमा मगरलाई पराजित गरिन्।
ताप्लेजुङकी सुशीला गुरुङले चितवनका लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई हराइन् ।
इशा, एञ्जल, सिन्दिरा, कृतिसारा, सुशीला र विनिताले समान १ अंक जोडे ।
प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिताको दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी गराए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]