11 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चले नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा)सँगको सहकार्यमा नेपालमा इ स्पोर्ट्सको मुभमेन्टलाई सशक्त बनाउन यो खेलसम्बन्धी नो योर गेम कार्यक्रम सञ्चालन गरेको थियो।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत रहेको एनएसजेएफ एकेडेमी र नेसाले नेपालका खेल पत्रकारलाई इस्पोर्ट्सबारे विस्तृत ज्ञान दिन पनि सो कार्यक्रमको आयोजना गरिएको हो ।
थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्समा भएको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३० जना खेल पत्रकारको उपस्थिति रहेको थयो ।
एनएसजेएफ एकेडेमीका संयोजक तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सो कार्यक्रमको उद्घाटन गर्दै अहिलेको समयमा नेपाली खेल पत्रकार इस्पोर्ट्सबारे जानकार हुन अत्यावश्यक भएको बताए ।
‘ इ स्पोर्ट्स विश्वव्यापीरुपमै लोकप्रिय बनिरहेको खेल भएकोले पनि खेल पत्रकारहरुसँग इस्पोर्ट्सबारे गहन जानकारी हुनुपर्छ,’ उनले भने , ‘इस्पोर्ट्स अब मनोरञ्जन मात्र रहेन । यो एक उद्योग बनिसकेको छ, जसमा नेपालको पनि ठूलो सम्भावना छ ।’
नेसाका अध्यक्ष सुरज डङ्गोलले इ स्पोर्ट्सको इतिहासका साथै यसका विविध पक्षबारे गहन प्रस्तुती दिएका थिए । उनले भने,’ नेपालमा इस्पोर्ट्सलाई अगाडि बढाउन सन् २०१६ मा स्थापना भएदेखि नै नेसा लगातार खटिरहेको छ र फलस्वरुप नेपालले अन्तर्राष्ट्रिय इ स्पोर्ट्समा थुप्रै उपलब्धि पनि हासिल गरिरहेको छ।’
यसैगरी नेपालका इस्पोर्ट्स प्रशिक्षक तथा रेफ्रीद्वय अरुण मिश्र र सौजन्य श्रेष्ठले इ स्पोर्ट्सको प्राविधिक पक्ष र नियमबारे जानकारी दिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]