11 months ago
January 27, 2025
हेटौंडा (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवालले २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा एकल अग्रता लिएका छन्।
हेटौंडामा जारी प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन रुपेशले पूर्ण ३ अंक जोडेका छन्। रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई हराए ।
दोलखाका आशिष फुयाल २.५ अंक बनाउँदै दोस्रो स्थानमा छन्। १९८१ रेटेड आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसंग बराबरी खेलेका छन्।
काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन समान २ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थानमा छन्।
झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारको समान १.५ अंक छ । सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारीको समान १ अंक छ। विनय थापा अंक बिहिन छन्।
सिन्दारा र एञ्जल अगाडि
१० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा काठमाडौंकी सिन्दारा जोशी र ललितपुरकी एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थानमा छन्।
वर्तमान च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेललाई हराइन् । एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई पराजित गरिन्।
झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी शुशिला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी इशा गिरि, झापाकी कृतिसारा अधिकारी र काठमाडौंकी विनिता कपाली सबैले समान २ अंक जोडेर संयुक्त रुपमा दोश्रो स्थानमा छन्।

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता बीबाट ९ जना खेलाडी छनोट गरि १२ जना बिच ११ चरणको राउण्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो।
यसैबीच आज हेटौंडा स्थित होटल सामनाको सभाहलमा बाग्मती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा महासचिव धरम बहादुर लामाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय खेल कार्यक्रममा सह-महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय रमिला पोखरेल, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्त लगायतको उपस्थिति थियो।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]