11 months ago
January 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवालले शीर्षतालाई कायम राखेका छन्।
मंगलवार पाँचौं चरणको समाप्तिमा ४.५ अंक बनाउँदै १ अंकको अग्रता कायम गरेका छन्। रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्।
राजनले २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन पुगेका थिए। लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा गएको थियो।
मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमट छन् । एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई र सिएम शुश्रुतले भक्तपुरका विनय थापा लाई हराए ।

समान ३ अंकका साथ दोलखाका आशिष फुयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
सिन्दिराको एकल अग्रता १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सकिँदा वर्तमान च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर अग्रता बनाएकी छिन्। सिन्दिराले ४ जित र १ बराबरी खेलेकी छिन् ।
प्रतियोगितामा पहिलो हार व्यहोरेका काठमाडौंकी एञ्जल महर्जन र विनिता कपाली ४ अंकका साथ संयुक्त रुपमा दोश्रो स्थानमा छिन्।
यस्तै बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमाल समान ३.५ अंक लिएर संयुक्त तेस्रो स्थानमा छन्।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका थप दुई चरणको खेल बुधवार हुनेछ । प्रतियोगिता १९ गते सम्म चल्ने छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]