default_image

11 months ago

January 30, 2025

रुपेश र सिन्दिरा अगाडि 

629 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आठौं चरणको समाप्तिमा बिहीवार एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। 

२५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रौतहट रुपेशले सिएम नवीन तण्डुकारलाई पराजित र पुरुषोत्तम सिलवाल सँग बराबरी  खेल खेलेका थिए।

रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग वृद्धि गर्न सफल भएका छन्। उनले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए। 

हेटौंडा स्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा छन्। 

 मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ .५ रेटिङ्ग वृद्धि गरेका छन्। पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ्ग वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ३२. ८ रेटिङ्ग बढाउन सफल भएका छन्। 

अन्तिम ३ चरणको खेल बाँकी हुँदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ्ग वृद्धि गरेका छन्। दोलखाका आशिष फुयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंक जोडेर चौथो स्थानमा छन्। 
सिन्दिराको एकल‌ अग्रता

दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान च्याम्पियन सिन्दिरा उत्कृष्ट प्रदर्शन गरि पुन: उपाधि तर्फ बढेकी छिन्। काठमाडौंकी सिन्दिराले ६.५ अंक जोड्ने क्रममा ५ र ३ खेल बराबरी खेलेकी छिन्। 

बाँकेकी इशा गिरि र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६ जोड्दै संयुक्त रुपमा दोश्रो स्थानमा छन् । इशाले ५ जित , २ खेल बराबर र १ मा हार बेहोरिन् ।

मोरङकी शान्ति धिमालले ५.५ अंक जोडेर तेस्रो र कीर्तिपुरकी विनिता कपाली ५ अंकसहित चौथो स्थानमा छिन्।

नेपाल बुद्धिचाल महासंघको आयोजना र मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा जारी प्रतियोगितामा शुक्रवार नवौं र दशौं चरणको खे‌ल‌‌ हुनेछ। 

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.