11 months ago
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) च्याम्पियन बनेको छ।
नाटकीय फाइनल खेलमा शुक्रवार काठमाडौं माभरिक्सलाई ४५-४१ ले हराउँदै जनकपुर पहिलो संस्करणको विजेता बनेको हो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा पहिलो हाफमा पूर्णरूपमा जनकपुर नाइट्सले दबाब बनायो।
सुरूवात देखि नै खेलमा अग्रता बनायि। ४-२ को अग्रता रहेको अवस्थामा जनकपुरले काठमाडौंका तीन खेलाडीलाई एकै पटक आउट गर्यो। काठमाडौं अल आउट भयो। एकै पटक जनकपुरले ५ स्कोर जोड्यो।
त्यसपछि निरन्तर स्कोर जोडि रहन जनकपुर सफल भयो। दोस्रो पटक काठमाडौंलाई अल आउट गर्दै जनकपुरले २३-१२ को अग्रता बनायो। यतिखेर जनकपुरले ११ स्कोरको स्पष्ट अग्रता बनाइसकेको थियो।
पहिलो हाफमा कमजोर देखिएको काठमाडौंका स्टार खेलाडी तथा कप्तान घनश्याम रोक्का हाफमा तीन पटक आउट भए। पहिलो हाफमा जनकपुरको पक्षमा २५-१९ को स्कोरमा सकियो।
यो लिगमा कमब्याक गर्न माहिर काठमाडौंले दोस्रो हाफको सुरूवातमा अग्रता दुई स्कोरमा झारिसकेको थियो। खेल २८-२६ मा पुर्याए लगतै फेरि घनश्याम आउट भए। यसपछि पनि काठमाडौंले जनकपुरलाई चुनौती दियो।
पुन: घनश्याम कोर्ट छिरे र एकै पटक दुई खेलाडीलाई टच आउट गर्दै खेललाई ३४-३४ को बराबरीमा पुर्याए। लगतै काठमाडौंले टच आउटमा अर्को स्कोर गर्दै पहिलो पटक खेलमा अग्रता बनायो।
काठमाडौंले ३५-३४ को अग्रता बनायो। फेरि एकपटक नाटकीय शैलीमा घनश्यामले फेरि दुई स्कोर गरे। यसपछि काठमाडौंले पहिलो पटक जनकपुरलाई अल आउट गर्दै ४१-३५ को स्पष्ट अग्रता बनायो। यति खेर खेल सकिन १ मिनेट ५६ सेकेन्ड बाँकी थियो।
तर यसपछि फेरि जनकपुरले खेललाई ४१-४१ मा पुर्याउँदै सागर चौधरीलाई आउट गरेर ४३-४१ ले अगाडि बढ्यो। खेलको ३ सेकेन्ड बाकी छँदा जनकपुरले अल आउट गर्दै ४५-४१ ले फाइनल जित्दै च्याम्पियन बन्यो।
यसअघि जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो। उसले लिग चरणमा ४ खेल जित्दा काठमाडौंसँग बराबरी खेलेको थियो। पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४-३२ ले हराउँदै फाइनलमा पुगेको थियो।
उपाधिसँगै जनकपुरले ५ लाख प्राप्त गरेको छ। पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टिमको सहभागीता रहेको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]