10 months ago
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा आइतवार एभिएमकी इभाना थापा मगरले महिला र नेपाल पुलिस क्लबका संयोग कपालीले पुरुषमा स्वर्ण जितेका छन् ।
खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा संयोगले एभिएमका सुजन गडाललाई ७-११, ११-४, ११-८, १०-१२ र ११-६ को सेटमा पराजित गरे ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा इभानाले एभिएमकै वियंका राईलाई १०-१२, ११-८, १२-१० र ११-७ को सेटमा हराइन् ।

शंखमुलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथि पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले पहिलो स्थान प्राप्त गरे ।
वडा ११ को यु–१६ मा सोयम महर्जन पहिलो भए ।
प्रतियोगितामा २ लाख रुपैयाँ पुरस्कार रहेको थियो । पुरुष/महिला सिंगल्समाको विजेताले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]