default_image

10 months ago

February 10, 2025

सदभाव र राहुल सम्मानित

589 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य‌ सम्मानित भएका छन्।

नेपाल गल्फ संघले सदभावलाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे।

बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए। उनी यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन्। सन् १९८८ को दोस्रो संस्करण देखि नेपालले सहभागिता जानउँदै आएको थियो।

सदभावले सो च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका थिए। उनले राहुल विश्वकर्मासँग मिलेर टिमतर्फको उपाधि पनि जितेका थिए। टिममा स्वर्ण जितेका सदभाव र राहुललाई समान२५ हजार रुपैयाँसहित संघले सम्मान गर्यो। सदभावले कुल ७५ हजार प्राप्त गरे।

यसअघि सन् २०१८ मा शुक्र बहादुर राई र टंक बहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए।

चार दिने च्याम्पियनसिपमा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कुल १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.