10 months ago
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहमा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य शीर्षस्थानमा कायमै रहेका छन्।
उनले १-अन्डर ६७ को सानदार प्रदर्शन गर्दै ३६-होलको समाप्तीमा कूल इभन-पार १३६ स्कोर बनाए। पुरुष १७-२१ वर्ष उमेर समूहमा सदभावले प्रकृत तामाङलाई ९ स्ट्रोकले पछि पारेका छन्।
प्रकृतले ५-ओभर ७३ खेल्दै कुल ९-ओभर १४५ को स्कोर निकाले। स्वप्निल भट्टराई लगातार दोस्रो दिन ७-ओभर ७५ खेल्दै १४-ओभर १५० सहित तेस्रो स्थानमा छन्।
पुरुष १२-१६ वर्ष उमेर समूहमा, सिद्धान्त सापकोटा शीर्षस्थानमा उक्लिए। उनले ११-ओभर ७९ खेल्दै ३६-होलको खेल सकिँदा कुल ३०-ओभर १६६ स्कोर बनाए। उनले इधान्त सिंह साउदलाई १ स्ट्रोकले पछि पारे।

इधान्तले दोस्रो दिन १९-ओभर ८७ खेल्दै कुल ३१-ओभर १६७ को स्कोर जोडे। यो स्कोरमा पहिलो दिन शीर्ष स्थानमा रहेका इधान्त दोस्रो स्थानमा तल झरे। सोहम अग्रवाल १७४ स्कोर सहित तेस्रो स्थानमा छन्। उनले आज ८२ स्कोर बनाए।
महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राईले आफ्नो अग्रता अझै फराकिलो बनाइन्। उनले १७-ओभर ८५ खेल्दै कुल ३७-ओभर १७३ स्कोर जोडिन्।
अनभद्धया मल्ल ९७ को स्कोरमा कुल १९५ सहित दोस्रो स्थानमा छन्। पहिलो दिन पश्चात सात गल्फरहरू बाहिरिएका थिए। जसका करण दुई गल्फरलबीच मात्र प्रतिस्पर्धा चलिरहेको छ।
सदभावले फ्रन्ट नाइनमा २-अन्डर ३२ खेले। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी गरेका उनले दोस्रो र सातौं होलमा बोगी प्रहार गरे।
त्यसपछि ११औं र १७औं होलमा बर्डी खेले तर १४औं, १५औं र १६औं होलमा बोगी खेपेपछि उनी ब्याक नाइन १-ओभर ३५ मा सकाउन बाध्य भए।
प्रकृतले फ्रन्ट नाईनमा २-ओभर ३६ र ब्याक नाईनमा ३-ओभर ३७ खेले। स्वप्निलले ४-ओभर ३८ र ३-ओभर ३७ स्कोर बनाए।

पुरुष १२-१६ वर्ष समूहमा, सिद्धान्तले फ्रन्ट नाईनमा ४-ओभर ३८ र ब्याक नाईनमा ७-ओभर ४१, इधान्तले ९-ओभर ४३ र १०-ओभर ४४, तथा सोहमले ४२ र ४० स्कोर गरे। महिला समूहमा, अभानीले ४७ र ३८, अनभद्धयाले ५३ र ४४ स्कोर गरिन्।
प्रतियोगितामा ४ प्रदेशका ३१ जना जुनियर गल्फरहरू सहभागी छन्। प्रत्येक समूहका विजेताले अप्रिल २३-२५ मा भियतनामको ला-लगुना मा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल मा स्थान बनाउनेछन्।
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने गत नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण सिधै छनोट भइसकेका छन्। त्यसैले यो वर्ष नेपालबाट गल्फर प्रतिनिधित्व गर्ने संख्या चार पुग्नेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]