10 months ago
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्।
डिफेन्डिङ च्याम्पियन सदभावले समग्र र पुरुष १७-२१ वर्ष उमेर समूह दुवैतर्फको उपाधि रक्षा गरका छन्।
स्वत छनोट भएका सदभावसँगै प्रकृत तामाङ तथा ब्वाइज १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राई आ-आफ्नो उमेर समुहको विजेता बन्दै भियतनामको ला-लगुनामा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा छनोट हुन सफल भएका छन्।
युएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण सदभाव यो वर्षका लागि स्वत: छनोट भैसकेेका थिए। सोही कारण १७-२१ वर्ष उमेर समूहमा दोस्रो भएका प्रकृत पनि यसपटक छनोट हुन सफल भएका हुन्।
पुरुष १७-२१ वर्ष उमेर समूहमा स्वर्ण विजेता सदभावले आज रोयल नेपाल गल्फ क्लबमा २-अन्डर ६६ स्कोर जोड्दै समग्रमा २-अन्डर २०२ को नतिजासहित च्याम्पियन बने। उनले प्रकृत तामाङलाई सहजै २१ स्ट्रोकले माथ दिए।

सदभावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १०औं र १७औं होलको बर्डीको सहयोगले ब्याक नाइन २-अन्डर ३२ मा सकाए।
प्रकृतले आज १०-ओभर ७८ को स्कोरमा समग्रमा १९-ओभर २२३ को नतिजा निकाल्दै दोस्रो भए। उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ६-ओभर ४० मा पुरा गरे।
स्वप्निल भट्टराईले तेस्रो स्थान प्राप्त गरे। उनले आज ११-ओभर ७९ स्कोर जोडे। समग्रमा भने २५-ओभर २२९ को प्रदर्शन गरे।
पुरुष १२-१६ वर्ष उमेर समूहतर्फ सिद्धान्तले स्वर्ण जिते। आज ५-ओभर ७३ को स्कोर कार्ड बनाएका उनले समग्रमा भने ३५-ओभर २३९ को स्कोरमा सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले हराए। इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे। आज उनले ७-ओभर ७५ को स्कोर निकाले।
गल्स १२-२१ वर्ष उमेर समूहमा अभानीले उपाधि जितिन्। आज १३-ओभर ८१ सहित समग्रमा २५४ स्कोर गरेकी उनले अनभद्धया मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन्। दोस्रो भएकी अनभद्धयाले कुल २८२ स्कोर गरिन्।
प्रतियोगिता अन्तर्गत जुनियर ब्वाइजतर्फको नौ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र सम्योग खनाल तेस्रो भए। गल्सतर्फ रिजु राई पहिलो, आद्रीती थापा दोस्रो र श्रीषा कडाल तेस्रो भइन्।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका कार्यवाहक अध्यक्ष पवित्र कुमार कार्की लगायतल पुरस्कार वितरण गरे। तीन दिने प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरको सहभागिता थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]