10 months ago
February 14, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा अमेरिकाले नामिबियामाथि सहज जित हात पारेको छ ।
शुक्रवार भएको खेलमा अमेरिकाले नामिबियामाथि ७० रनको जित हासिल गरेको हो । अमेरिकाले दिएको २ सय ६९ लक्ष्य पछ्याएको नामिबिया ४३.३ ओभरमा १ सय ९८ रनमा समेटियो ।
नामिबियाका लागि ओपनर जान ग्रिनले सर्वाधिक ६५ रन जोडे । उनले ९० बलमा ७ चौका प्रहार गरे । रुवेन ट्रम्पलम्यानले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५५ रन जोडे ।
जान निकोल लफ्टी इटनले २८, कप्तान जेर्राड एरास्मस ११ तथा मलान कु्रजर १२ रनमा आउट भए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र मिलान्ड कुमारले समान ३, जसदिप सिंहले २ तथा नोश्तुश केन्जिगे र हर्मित सिंहले समान १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
अमेरिकाका लागि ओपनर आन्द्रेस गौसले सर्वाधिक ८३ रन जोडेका थिए । उनले १ सय ५ बलको सामना गरेर ९ चौका प्रहार गरेका थिए । कप्तान मोनांक पटेलले ६७ बलमा ४ चौकाको सहयोगमा ५३ रन जोडेका थिए ।
सञ्जय कृष्णमुर्ती २९ बलमा ४१, आरोन जोन्सले २७ बलमा ३१ तथा जसदिप सिंह १५ रनमा आउट भए । नामिबियाका लागि बेर्नाड स्कोट्जेले १० ओभरमा २२ रन खर्चिएर ५ विकेट लिए । ज्याक ब्रेसेल्सले २ तथा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १ विकेट लिए ।
जितसँगै अमेरिका १५ खेलमा २० अंकका साथ शीर्ष स्थानमा छ । पराजित नामिबिया समान खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
विश्व कप लिग टु सिरिज २०२३ देखि २०२७ सम्म जारी रहनेछ । लिगमा ८ टोली सहभागी लिगको शिर्ष ४ टोली विश्व कप छनोटमा सिधै स्थान बनाउँदा ४ टोली विश्व कप छनोटका लागि प्लेअफमा स्थान बनाउँने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]