10 months ago
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रशिक्षणका लागि ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमवार भारत उत्तर प्रदेश प्रस्थान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका तयारीलाई थप प्रभावकारी उत्तर प्रदेशको नन्दनीनगर प्रस्थान गरेको राखेपले जनाएको छ ।
टोलीमा समान ३ महिला/पुरुष खेलाडी र २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् । महिलामा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् ।
प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव छन् ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।
भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]