default_image

10 months ago

February 24, 2025

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप हुँदै

559 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। जारी सिजनको यो पाँचौं प्रतियोगिता हो।

चार दिन सम्म हुने ७२ होलको प्रतियोगिताको लागि प्रमुख दाबेदारको रूपमा धरानका प्रो निरज तामाङलाई आँकिएको छ। उनले जारी सिजन दुई प्रतियोगिता इस्टर्न ओपन र वेस्टर्न ओपनको उपाधि जितिसकेका छन्।

सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन एमेच्योर सदभाव आचार्यले जित्दा निरज प्रो तर्फ पहिलो भएका थिए। उनी अहिले उच्च फर्ममा रहेका छन्।

नेपाल नम्बर एक भुवन नगरकोटीलाई भने यो सिजन उपाधि जित्ने दबाबमा रहनेछ। यो सिजन चार प्रतियोगिता सकिंदा उनले उपाधि जित्न सकेका छैनन्। यो सिजनको कमजोर प्रदर्शनमा उनलाई नम्बर एक वरियता जोगाउन समेत चुनौती रहेको छ।

यस्तै रवि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र संजय लामालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यसँगै अर्का एमेच्योर राहुल विश्वकर्माको उपाधि जित्ने संभावना बलियो छ। तर स्वस्थ्य समस्याका कारण सदभावले खेल्ने वा नखेल्ने भने तय भएको छैन।

नेपालका उत्कृष्ट दुई प्रो गल्फरहरू शुक्र बहादुर राई र सुबाश तामाङले जारी टुरको अन्तिम प्रतियोगिता खेल्न सक्ने नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपिजिए) का महासचिब दीपक आचार्यले बताए।

प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। जहाँ ३० प्रोफेसनल र १० एमेच्योर खेलाडीले खेल्ने निश्चित भएको छ। यो सङ्ख्या बढ्न सक्ने महासचिव आचार्यले जानकारी दिए।

विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तिमा कट लागु हुनेछ।
सूर्य नेपाल गल्फ टुर २०२४-२५ मा कुल ८ प्रतियोगिता हुनेछन्।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.