10 months ago
February 24, 2025
सुमन अधिकारी, बुटवल
नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता सोमवार सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नुक सट हानेर प्रतियोगिताको उद्घाटन गरे। नेपालकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ३ लाख ३ हजार, दोस्रोले १, लाख १ हजार र हाइएस्ट ब्रेक ५५ हजार रुपैयाँ प्राप्त गर्ने एशोसियसनका अध्यक्ष सुजन पुनले बताए ।
यसैगरि सेमिफाइनलमा पुग्ने खेलाडीले १० हजार रुपैयाँ, साइजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ ।
फागुन २१ गतेसम्म चल्ने च्याम्पियनसिपको पहिलो दिन १० वटा खेल भएका छन् । दोस्रो दिन २० वटा खेल हुने खेल संयोजक शिशिर गुरुङले जनाएका छन् ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट १ सय २८ जना खेलाडीको सहभागिता छ ।
बुटवलका रेगन श्रेष्ठले श्रीलंका सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]